काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेकाे छ ।
मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ ।
बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिया युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ ।
साथै अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् । सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाउने तयारी गरेको छ ।