काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दल दावीसहित सोहीअनुसार सेवा सुविधाको माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भन्ने प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी भएको दाबी गर्दै आएको छ ।
संघीय संसद सचिवालयका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो ।
तर, कतिपय संविधानविदले भने कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले प्रतिपक्षी दल मान्न नहुने तर्क गर्दै आएका छन् । तर, कांग्रेसले आफू नै प्रमुख पूतिपक्षी दावी गरिरहेको छ ।
यस्तै, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले पनि प्रतिनिधि सभा बैठकमै आफ्नो दलले विपक्षी दलको नेता पाउनुपर्ने माग उठाइसकेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ?
संसदमा प्रमुख प्रतिपक्षी दलको नेतालाई कानूनले नै सेवा सुविधा दिने व्यवस्था गरेको छ । संघीय संसदका पदाधिकारीको सुविधासम्बन्धी ऐन अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले विशिष्टि सुविधा पाउँछ ।
प्रमुख विपक्षी दलका नेताले पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा पाउने गर्छ ।
यस्तै, विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई(दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक-एक जना दिइन्छ । साथै, अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटर सहितका सामग्री, दुई वटा साइकल सुविधा समेत विपक्षी दलको नेताले प्राप्त गर्ने व्यवस्था छ । यस्तै, १० लाख रुपैयाँको यात्रा बीमासमेत गरिएको हुन्छ ।