काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणासँगै बालेन्द्र साह (बालेन) का समर्थकहरुले धन्यवाद र्याली निकालेका छन् ।
सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका हुन् ।
सभागृहबाट सुरु भएको र्याली भद्ररकाली,त्रिपुरेश्वर,माइतीघर,बबरमहल,बिजुली बजारबाट युएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर,तिनकुने,कोटेश्वर,जडीबुटी पुगेर पुनः कोटेश्वर,तिनकुने फर्किएर सिनामंगल,एयर्पोर्ट तिलगंगा,गौशाला,चावहिल(महाराजगंज,सामाखुसी,नयाँ बसपार्क पुग्ने छ ।
र्याली नयाँ बसपार्क पुगेपछि बालाजु,स्वयम्भू हुँदै सितापाइला(कलंकी,बल्खु,कुलेश्वर(कालीमाटी,टेकु(त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।
लौरो चुनाव चिह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मत ल्याएर विजयी हुनुभएको हो ।