काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ३६ स्थानीय तहको मत गणना सकिएको छ ।
३६ स्थानीय तहको मत गणना सकिदा नेकपा एमालेले अग्रता कायम गरेको छ । हालसम्म एमालेले १५ पालिकामा जितेका छन् । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले ११ पालिका जितेका छन् ।
८ पालिका प्रमुख जितेर माओवादी केन्द्र तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ ।
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका- मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका-मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका-सोलुखुम्बु
८. साइपाल गाउँपालिका-बझाङ
९. बौदीकाली गाउँपालिका- नवलपुर
१०. थलारा गाउँपालिका- बझाङ
११. थासाङ गाउँपालिका- मुस्ताङ
१२. मालिका गाउँपालिका- म्याग्दी
१३. राइनास गाउँपालिका- स्याङ्जा
१४. महाकाली नगरपालिका- दार्चुला
१५. मेन्छेयाम गाउँपालिका- तेह्रथुम
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी गाउँपालिका – मनाङ
२. घरपोझोङ गाउँपालिका – मुस्ताङ
३. नासो गाउँपालिका- मनाङ
४. गुल्मी दरबार गाउँपालिका- गुल्मी
५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा
६. मुसिकोट नगरपालिका- गुल्मी
७. खार्पुनाथ गाउँपालिका- हुम्ला
८. बडिकेदार गाउँपालिका- डोटी
९. तमानखोला गाउँपालिका- बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका- बाजुरा
११. लिखुपिके गाउँपालिका- सोलुखुम्बु
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका-डोल्पा
२. नौमुले गाउँपालिका-दैलेख
३. ताराखोला गाउँपालिका- बागलुङ
४. अपि हिमाल गाउँपालिका- दार्चुला
५. जन्तेढुंगा गाउँपालिका- खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका- उदयपुर
७. नौगाड गाउँपालिका- दार्चुला
८. थवाङ गाउँपालिका- रोल्पा
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा