काठमाडौं । स्थानीय तह निर्वाचनको अहिलेसम्म घोषित १२ वटा स्थानीय तहको मतपरिणाम अनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।
नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ।
त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।
नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : कान्छा घले
मनाङको चामे गाउँपालिका : लोकेन्द्रबहादुर घले
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : रिङजिन नामगेल गुरुङ
मुस्ताङको लोमान्थाङ गाउँपालिका : टसी नोर्वु गुरुङ
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : धावा सम्डुङ गुरुङ
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा
मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ
मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका : सेनाङ गुरुङ
डोल्पाको काइके गाउँपालिका :अंगदकुमार राना
नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
डोल्पाको जगदुल्ला गाउँपालिका : नारसिङ रोकाय